कोरोना कालमा सरकारी स्कूलसम्म पुग्यो अजिङ्गर, गाउँमा मच्चियो भागदौड !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जतातै व्याप्त छ ।

कोरोना भाइरसबाट सबै ग्रस्त र त्रस्त बनेका छन् भने कतिपय घरमै थुनिएर बस्नुपर्दा वाक्कदिक्क भएका छन् ।

यसैबीच भारतको उत्तर प्रदेशस्थित मिर्जापुरमा एक सरकारी प्राइमरी स्कूलमा अजिङ्गरले हैरान बनाएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार एक महिला विहान ९ बजे सरसफाई गर्न जाँदा एक ठूलो अजिङ्गर देखिन् ।

2_4.jpg

त्यसपछि उनी डरले काँप्दै अन्य स्कूलमा रहेकालाई जानकारी गराईन् । बिस्तारै सबै गाउँले नै स्कूलमा भेला भए ।

जब उनीहरुले अजिङ्गर देखे तब सबे भाग्न थाले । अजिङ्गर यति विशाल थियो कि, सूचना विभाग नै डरायो ।

बल्लतल्ल सूचना विभागले अजिङ्गर समातेर लगेको भारतीय सञ्चारमाध्यमहरले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?