काठमाडौं । जन्मिएकाहरुको मृत्यु निश्चि छ । यो हामी सबैलाई थाहा छ । त्यसैले त जीवित हुँदै सबैले मायाँ गर्दछन् ।
यसैबीच कोहि मृतक व्यक्ति अचानक जीवित भयो भन्दा तपाईलाई कस्तो लाग्ला ? पक्कै पनि अचम्मित बन्नुहुन्छ ।
यस्तै एक घटना अमेरिकाको मिशिगनमा पनि भएको छ । त्यहाँ एक २० वर्षकी युवतीको मृत्यु भयो भन्दै अन्मिसंस्कारको तयारी चलिरहेको थियो ।
त्यसैबेला उनी आँखा मिच्दै उठिन् । जब उनी आँखा मिच्दै उठिन् तब सबै डरले होश नै गुमाउन थाले ।
चिकित्सकको गल्तीले उनलाई मृत घोषित गरिएको अनुसन्धानबाट पत्ता लागेको छ । त्यसपछि फेरि युवती बेहोश भएर ढलिन् र उनलाई तत्काल अस्पताल पुर्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया