काठमाडौं । आफ्ना सन्तानलाई खुशी दिलाउन मातापिताहरु सबैथोक बलिदान दिन सक्छन् । यस्तै एक घटना भारतमा पनि देखिएको छ ।
भारतको पञ्जावस्थित लुधियानमा एक पिताले आफ्नो छोरोको इच्छा पुरा गर्न घरमै बसेर स्कूटर बनाइदिएका छन् ।
उनले आफ्नो अनौठो तरिकाबाट स्कूटर बनाएका हुन् । अहिले सामाजिक सञ्जालमा यसको तस्वीर अत्याधिक भाइरल बनिरहेको छ ।
आफ्नो ८ औँ कक्षामा पढ्ने छोरो हरमनजोतले पितासँग साइकिलको माग गरेका थिए । तर महामारीको बेलामा घरमा बसीरहेका उनका पिताले आफ्नो छोराको इच्छा पुरा गर्न स्कूटर जस्तै देखिने अनौठो साइकिल बनाइदिएका छन् ।
एजेन्सीको सहयोगमा
#WATCH Ludhiana: A Class 8 student Harmanjot of Lakhoval village, with help from his father, has made a bicycle that looks like a scooter from the front & can be pedalled like a normal cycle.
He says, "Since my father couldn't get me a new cycle during #COVID19, so we made this." pic.twitter.com/f9UDsiv333— ANI (@ANI) August 25, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया