कुलो खन्दा आज बाल्टिन बम भेटियो

रुकुम, २१ फागुन – रुकुम(पश्चिम भाग)को चौरजहारी नगरपालिका–१० मा निर्माणाधीन चौरजहारी टार सिँचाइ आयोजनाको नहर (कुलो) खन्दा आज बाल्टिन बम फेला परेको छ ।बमलाई प्रहरी चौकी सर्केनाले सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । बम निष्क्रिय पार्न चौरजहारीबाट नेपाली सेनाको टोली र थप प्रहरी त्यसतर्फ गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?