काठमाडौं । अहिले सारा विश्व कोरोना भाइरसको महामारीसँग लडिरहेको छ । हरेक दिन लाखौँ संक्रमित भईरहेका छन् भने हजारौँको मृत्यु भईरहेको छ ।
कोरोनाविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिक अहोरात्र खटिए पनि अहिलेसम्म भ्याक्सीन बन्न सकेको छैन ।
अहिलेसम्म मास्क र सोसल डिस्टेन्सिङलाई ने कोरोनाको अचुक औषधि मानिएको छ ।
यसैबीच अब बजारमा कोरोनाबाट बच्नको लागि एक कार्ड आएको छ । यो आईडी कार्डले ९७.९ प्रतिशत कोरोनाबाट बचाउने दाबी गरिएको छ ।
यो कार्डबाट कोरोना तत्काल नष्ट हुने र यो कार्डको डेट ३० दिन हुने बताइएको छ । यो कार्ड सबैभन्दा पहिला चाइनिज कम्पनीले बजारमा ल्याएको थियो ।
त्यसपछि जापान र अब भारतका कम्पनीहरुले पनि कोरोनाबाट बच्नको लागि कार्ड बनाएर बेचिरहेका छन् । यसलाई मानिसहरु भाइरस सूट आउटको नामबाट बेचिरहेका छन् । यसलाई मानिसको औषधिको रुपमा किनिरहेका छन् ।
यसलाई Air Sterlization Card पनि भनिन्छ । जसलाई घाटीमा लगाउनु पर्छ । यसलाई २०० सम्ममा बेचिरहिएको छ । यो कार्डमा केमिकलले भरिएको एक सानो नीलो प्याकेट छ । जो एक पोर्टोबल एयर प्यूरिफायरको रुपमा काम गर्छ ।
कार्डमा Low concentration chlorine dioxide हुन्छ । जसले ब्याक्टेरिया र भाइरसलाई टाढा राख्छ । कम्पनीले यो कार्डले १ मीटरको दूरीमा हावामा सुरक्षित गर्छ ।
अमेरिका, भियतनाम, थाइल्याण्ड र फिलिपिन्समा यसलाई प्रतिबन्ध लगाईएको छ । तर चीन जापान र भारतमा धेरै बिक्री भईरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया