काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसबाट अति प्रभावित देश अमेरिका छ भने दोश्रोमा ब्राजिल र तेश्रोमा भारत रहेका छन् । त्यस्तै चौथोमा रुस रहेको छ ।
यसैबीच ब्राजिलको सरकारले देशको फर्नान्डो डी नोरोन्हो द्वीप पर्यटकका लागि खोलेको छ । तर त्यहाँ जानको लागि पहिले तपाईले कोरोना पोजेटिभ रिपोर्ट देखाउनु अनिवार्य छ ।
फर्नान्डो दि नोरोन्हामा त्यहि मानिस मात्र जान सक्छ जो कोरोनाबाट संक्रमित भईसकेको छ ।
साथै कोरोना रिपोर्टका साथै त्यहाँ जानको लागि तपाईले एक पर्यावरणीय संरक्षण ट्याक्स पनि तिर्नुपर्छ ।
यूनेस्कोको विश्व धरोहर स्थलमा सामेल यो द्वीप मार्चमा बन्द भएको थियो । अब फेरि खोलिँदै छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया