काठमाडौं – सुनको मूल्य आज पनि घटेको छ ।
तीन सातायताकै सस्तो भएको सुन ९६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
हिजो कायम भएको मूल्यमा सय रुपैयाँले सस्तिएर छापावाल सुन ९६ हजार ४ सय रुपैयाँमा कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि सय रुपैयाँले सस्तिएर तोलको ९५ हजार ९ सय रुपैयाँ कायम छ ।
गत साउन २८ गते तोलाको ८५ हजार ४ सय रुपैयाँ कायम भएको सुनको मूल्य त्यसयता लगातार उकालो लाग्दै प्रतितोला एक लाख रुपैयाँ नाघेर केहि दिनदेखि घट्दो क्रममा छ ।
आज शुक्रबार चाँदी ३५ रुपैयाँ घटेर तोलाको १३ सय १० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया