काठमाडौं । आकाशबाट कहिले काँही उल्कापिण्ड, पत्थरहरु झरिरहेका हुन्छन् । तर हामीले त्यति ख्याल गरेका हुँदैनौँ । तर केहि वैज्ञानिकहरु भने यसलार्य रिसर्चको लागि लिएर जान्छन् भने कसैले भने एलियन गिफ्ट सोचेर घरमा राख्छन् ।
यसैबीच ब्राजिलको एक गाउँमा भने आकाशबाट सैयौँ उल्कापिण्डका टुक्राहरुको वर्षा भएको छ । जसका कारण उनीहरु रातारात करोडपति भएका छन् ।
त्यहाँ मध्येको सबैभन्दा ठूलो टुक्राको मूल्इ १९ लाख रुपैयाँ पर्न गएको छ । ब्राजिलको गाउँ स्यान्टा फिलोमेनामा १९ अगस्टमा उल्कापिण्डको टुक्राको वर्षा भएको थियो ।
त्यसपछि उनीहरुले पत्थर जम्मा गरे । वैज्ञानिकहरुले पत्थरको जाँच गर्दा दुर्लभ रहेको पत्ता लागेपछि यसलाई बहुमूल्य रुपैयाँमा बिक्रि गरिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया