शहरमा ८ फीट लामो गोही पसेपछि मच्चियो भागदौड

काठमाडौं । भारतको गुजरातस्थित बडोदरा जिल्लामा बाढीको साथसाथै एक विशाल गोही आएपछि भागदौड मच्चिएको छ ।

(File Photo Credit ANI)

विश्वामित्र नदीको नजिक रहेको शहरमा ८ फीट लामो गोही बाढीसँगै आएको हो । विश्वमित्र नदीमा वर्षाका कारण जलस्तर बढेपछि यस्तो घटना भएको हो ।

(File Photo Credit ANI)

जसका कारण डरलाग्दो गोही आएको र शहरबासी सबै डराएर भागेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

(File Photo Credit Reuters)

पछि वन विभागको टोलीले गोही समातेर लगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

(File Photo Credit ANI)

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?