काठमाडौं । कोरोना भाइरसको डरले सारा विश्व अहिले ग्रस्त छ ।
जसका कारण लकडाउन जारी रहेको छ ।यसैबीच अब भारतको दिल्लीबाट गाडीमै लण्डन जान मिल्ने भएको छ ।
एक ट्राभल एजेन्सीले दिल्लीबाट लण्डनको लागि अनौठो यात्रा जारी गरेको छ ।अनौठो यो छ कि मानिसहरु विमानबाट तय गर्ने यात्रा अब बसबाटै गरिँदै छ ।
बस टू लण्डनको नामबाट एक ट्रिप अर्गनाइज गरिएको छ । यो यात्रा ७० दिनको हुनेछ । यो बीचमा १८ देशहरुको यात्रा हुनेछ ।
७० दिनमा २० हजार किलोमिटरको दुरी पार गरिने बताइएको छ ।
बेलायत भन्दा पहिला म्यान्मार, थाईल्याण्ड, लाओस, चीन, किर्गिस्तान, उब्जेकिस्तान, कजाखस्तान, रुस, लातविया, लिथुआनिया, पोल्याण्ड, चेक गणराज्य, जर्मनी, नेदरल्याण्ड्स, बेल्जियम र फ्रान्सजस्ता १८ देशको भ्रमण हुनेछ ।
सन् २०२१ मा लण्डनसम्म जानका लागि २० यात्रीले भाग लिन मिल्नेछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया