नुवाकोट, २३ फागुन – ठूलो संख्यामा वन्यजन्तुको अङ्ग तस्करीमा संलग्न रहेको अभियोगमा अदालतबाट दोषी ठहरिएका लोडु डिमे कारागार चलान भएका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरी जिल्ला वन कार्यालय नुवाकोटलाई बुझाएलगत्तै फैसला कार्यान्वयनका लागि डिमे आज कारागार चलान भएका हुन् ।काठमाडाँै बौद्धका ४० वर्षीय डिमेलाई सिआइबी इन्टरपोलले भारतीय इन्टरपोलको सहयोगमा सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी जिल्ला वन कार्यालय नुवाकोटलाई बुझाएको थियो ।वन्यजन्तु तस्करी अभियोगमा तत्कालीन पुनरावेदन अदालतको २०७१ फागुन १२ को फैसलाले पाँच वर्षको कैद सजाय तोकिएकाले उनलाई कैद भुक्तानीको लागि कारागार पठाइएको जिल्ला वन अधिकृत पदमराज नेपालले जानकारी दिनुभयो ।जिल्ला वन कार्यालयल नुवाकोटले २०७१ असार १३ गते डिमेलाई रु एक लाख जरिवाना सुनाएपछि सरकारी वकिलको कार्यालयले पुनरावेदन पुगेको थियो । वन कार्यालयको फैसला उल्टाउँदै डिमेलाई पुनरावेदन अदालत पाटन, ललितपुरले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐनअनुसार अवैधरुपमा आखेटोपहार ओसारपसार मुद्दामा पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो ।श्रीमतीको हत्या आरोपमा पक्राउयसैगरी लिखु गाउँपालिका–६ थानसिङका कृष्ण लामालाई आफ्नै श्रीमतीको हत्या अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।श्रीमती राममाया लामालाई मंगलबार राति चिर्पट र पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया