काठमाडौं । सर्प देख्दा कसको मन नकाँप्ला । अझ ट्वाईलेटमा बसेका बेला तलबाट सर्पले टोक्यो भने त्यसबेलाको हालत के होला ? एउटा यस्तै घटना थाईल्याण्डमा पनि भएको छ ।
थाईल्याण्डका एक युवक ट्वाईलेटका लागि बसेका थिए । तर पहिल्यबाट रहेको सर्पले उनी बस्नासाथ उनको गौप्य अंगमा टोकिदियो ।
त्यसपछि उनको परिवार डराएर तत्काल उनलाई अस्पताल लगियो । अहिले उनको उपचार अस्पतालमा भईरहेको छ ।
ट्वाईलेटमा रहेको सर्प ४ फिट लामो रहेको बताइएको छ ।
उनी दिशा गर्नको लागि ट्वाईलेटमा बसेका थिए । जब उनी ट्वाईलेटमा बसे तब, त्यहाँ पहिल्यैदेखि रहेको सर्पले उनको प्राइभेट पार्टमा दाँत गाडेर टोक्यो ।
त्यसपछि उनको प्राइभेट पार्टबाट रगत बग्न थाल्यो । उनको नाम सिराफोप रहेको छ भने उनी १८ वर्षका भएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया