काठमाडौँ, २४ फागुन – आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत स्कटल्याण्डविरुद्वको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा अहिले भइरहेको खेलमा नेपालले विजय लक्ष्यका साथ स्कटल्याण्डको समाना गर्दैछ ।यही फागुन २० गते भएको पहिलो खेलमा नेपालले आयोजक टोली जिम्बावेसँग ११६ रनको हार बेहोरेको थियो । नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन । प्रतियोगितामा दुई खेल खेलेको स्कटल्याण्ड दुवै खेलमा जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने अंकविहीन रहेको नेपाल पुछारमा छ ।स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले तथा दोस्रो खेलमा हङकङलाई चार विकेटले हराएको थियो । यो स्कटल्याण्डको तेस्रो खेल हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया