विश्वकप छनोटः टस जितेर ब्याटिङ रोजेको नेपालको इनिङ संकटमा

काठमाडौं, २४ फागुन । जिम्बाबेमा जारी आईसीसी एक दिवसीय विश्वकप छनोट खेलमा नेपालले अहिले स्कटल्यान्डको सामना गरिरहेको छ ।टस जितेर ब्याटिङ रोजेको नेपालको इनिङ संकटमा परेको छ । सुरुवाती ८ आभेरमा ३९ रन जोड्दै नेपालको ५ विकेट गइसकेको छ । नेपालले दोस्रो ओभरमा नै उपकप्तान ज्ञानेन्द्र मल्ल१ रनमा गुमाएको थियो ।त्यसलगत्तै अर्का ओपनर दिलिप नाथ पनि व्यक्तिगत ४ रनमा आउट भए । त्यसपछि ब्याटिङमा आएका मध्यक्रमका भरपर्दा दुई ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी र शरद भेषवकर पनि क्रमश १ र शून्य रनमा नै पेभेलियन फर्किएपनि नेपालको इनिङ संकटमा परेको हो ।स्कटल्यान्डका बलर स्टुअर्ट ह्वीटिङ्घमले ३ विकेट र साफियान सरिफले एक विकेट लिएका छन् । आठौं ओभरमा आरिफ शैखपनि २ रनमा आउट भएका छन् ।अहिले नेपालको क्रिजमा पारस खड्का ३५ रन बनाएर खेलिरहेका छन् भने उनलाई सोमपाल कामीले साथ दिइरहेका छन् । नेपालभन्दा निकै बलियो प्रतिद्वन्दी स्कटल्यान्डलाई पराजित गर्न नेपालले ठूलो रन स्कोर बनाउनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?