१०२ क्यारेटको डायमण्ड हङकङमा लिलामी हुँदै, मूल्य यति धेरै

काठमाडौं । सोथबाई अक्शन हाउसले शनिवार एक एक ठूलो अण्डा अकारको १०२.३९ क्यारेटको हिरा आउँदो महिना लिलामी हुने घोषणा गरेको छ ।

यसको मूल्य १.२ करोड डलरदेखि ३ करोडसम्म हुने बताइएको छ । यो हिरा सन् २०१८ मा क्यानडाको ओन्टारियो प्रान्तमा भेटिएको २७१ क्यारेटको अपरिष्कृत हिरा कारटेर बनाइएको हो ।

सोथेबीले बिहीवार १०२.३९ क्यारेटको हिरा रहेको बताएको थियो । सबैभन्दा ठूलो ११८.२८ क्यारेटको हिरा सन् २०१३ मा ३०.८ करोड डलरमा बृचिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?