संविधान दिवसका अवसरमा टेलिकमले ल्यायो अफर, यसरी प्रयोग गर्नुहोस्

काठमाडौं । नेपाल टेलिकमले असोज ३ गते संविधान दिवस (राष्ट्रिय) को दिन ग्राकहरुको लागि अफर ल्याएको छ । टेलिकमले संविधान दिवसका अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध गराउन आवश्यक तयारी पुरा गरेको छ ।

असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ प्रति प्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुनेछ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटा प्याक ८५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको छ । सो अनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा ५५५ रुपैयाँमा उपलब्ध हुनेछ ।

कम्पनिका अनुसार संविधान दिवसका अवसरमा उपलब्ध गरिएका यी अफरहरु *1415*11# डायल गरी प्राप्त गर्न सकिनेछन् ।

साथै, ग्राहकवर्गको सहजताका लागि नेपाल टेलिकम एपबाट समेत यी प्याकहरु खरिद गर्न सकिने व्यवस्था गरिएको कम्पनीलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?