मध्यरातमा दलित युवती बलात्कृत

बर्दिबास, २६ फागुन । महोत्तरीमा २२ वर्षीय दलित युवती बलात्कृत भएकी छिन् ।महोत्तरीको भंगाह नगरपालिकाको वडा नं. ६ मदनपट्टीमा २२ वर्षीय दलित युवती शुक्रबार मध्यरात बलात्कृत भएकी छिन् । बलात्कृत युवती घर नजिकैको रहेको शौच गर्न जाँदा ४ जना पुरुषहरुले नियन्त्रणमा लिएर बलात्कार गरेका थिए ।गाउँलेले थाहा पाएर हो–हल्ला गर्दा अभियुक्त फरार भएका थिए । पछि छिकेकीले बलात्कारीको पहिचान दाबी गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी जाहेरी दिएपछि प्रहरीले अभियुक्तहरुलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा चारै जना भंगाह नगरपालिका वडा नं ६ मदनपट्टी का १९ वर्षिय सुवास विश्वकर्मा, २२ वर्षिय सचिनराम थारु, वर्ष २२ कै प्रदिप सिंह थारु र २६ वर्षिय गोविन्द कुमार राय रहेका छन् ।पक्राउ परेका चारै जनाविरुद्ध जर्वजस्तीकरणीको मुद्दा दायर गरि न्यायिक हिरासातमा राखेर कारबाही प्रकृया थालेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?