काठमाडौं, २६ फागुन । विश्वकप छनोटमा नेपालले टस जितेको छ भने अफगानिस्तानविरुद्ध ब्याटिङ रोजेको छ ।आज सुरु भएको विश्वकप छनोट प्रतियोगितामा नेपाली टोलीका दिलिप नाथको ठाउँमा अनिलुकार साह आएका छन् भने भेषावकर पनि टिममा देखिएका छैनन् ।भेषावकरको स्थानमा करण केसीलाई ल्याइएको छ ।खेलअघि बसन्त रेग्मीले अफगानिस्तानले पछिल्लो केही वर्षमा राम्रो क्रिकेट खेलेको तर, आफूहरु उनीहरुलाई दबावमा राख्ने रणनीति अनुसार मैदानमा उत्रिएको बताए ।विश्वकप छनोटमा अफगानिस्तानले लगातार तीन खेल गुमाएको छ भने नेपालले पनि तलगातार दुई खेल गुमाएको छ ।अघिल्लो चरणमा पुग्ने गणितीय सम्भावना कायम राख्ने आज जित्ने पर्ने दबाव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया