खेल्ने होइन त ? कोका–कोलाले दिन्छ साथ

काठमाडौं, २६ फागनु । कोका–कोला नेपालले विश्वकप फुटबलको अबसर पारेर नयाँ अभियान सुरु गरेको छ । कम्पनीले यस अभियानको नामाङकरण ‘खेल्ने होइन त ?’ राखेको छ ।‘खेल्ने होइन त ?’ भन्ने अभियान मुख्यत २ अर्थमा सार्थक बनाइएको छ । जसमा मानिसहरुलाई फुटवल खेल्न आह्रवान गर्ने र “कोक खाम् रसिया जाम्” भन्ने क्याम्पेनको बारेमा जानकारी दिएका हुन् ।विश्वकप नजिकिएसँगै हरेक चोक चोकमा युवाहरु फुटवलको गफमा रमाउन थालेका छन् । केही समय अगाडी कोका–कोलाले सार्वजनिक गरेको ‘कोक खाम् रसिया जाम्’ क्याम्पेन अन्र्तगतकै एउटा हिस्साको रुपमा कम्पनीले यो अभियान संचालन गरिरहेको छ ।कोका–कोलाले यस अभियानलाई सबै ठाँउमा पुर्याउने उद्देश्यले विषेश भ्यानको सहायताले हरेक चोक चोकमा पुगेर युवाहरुलाई खोलाउँदै आएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा मात्र सिमित नभई, यो अभियान नेपाल भरिको ३० वटा शाहरमा जाने बताइएको छ ।यसरी खेल सम्पन्न भएपछि बिजेताले कोक लोगो अंकित बिभिन्न बिषेश उपहारह? पाउने छन् . कोका–कोलाले विश्व कपको माहोल बनाउँन र युवाहरुको मनोरञ्जनकोलागि यो अभियान संचालन गरेको कोका कोलाले जनाएको छ ।नजिकिदो विश्वकपलाई प्रत्यक्ष हेर्न अबसर जुराउदै गरेको कोका–कोलाले रसियामा हुने विश्वकप खेर्न ४० जनालाई लाने घोषणा गरेको छ भने करिब १२५०० जनाले पूरै क्याम्पेनमा बिजेता बन्ने मौका पाउने छन् । जसमा फिफा लोगो अंकित बिषेश उपहार दैनिक २०० जनाले पाउने छ ।“खेल्ने होइन त ?” अभियान देशको ३० शहरी तथा २० भन्द बढी ग्रामिण भेगहरु सबै ठाउँमा पुग्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?