पोखरा, २६ फागुन – नेपाली काँग्रेस कास्कीले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आज प्रशिक्षण दिएको छ ।प्रशिक्षणमा जिल्लामा निर्वाचित गाउँपालिकाका अध्यक्षसहित वडाध्यक्ष तथा सदस्य गरी १२० जनाको सहभागिता रहेको पार्टीका जिल्ला सदस्य एवं प्रचार विभाग प्रमुख नवीन सिग्देलले जानकारी दिनुभयो ।प्रशिक्षणमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले स्थानीय तहको बजेट तथा योजना तर्जुमा विषयमा प्रशिक्षण दिनुभएको थियो भने नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय जीवन परियार र प्रदीप पौडेलले क्रमशः संविधान र कानूनमा स्थानीय तहका जनप्रतिनिधिहरूको काम, कर्तव्य, अधिकार तथा स्थानीय तहका जनप्रतिनिधि र पार्टी संगठनबीचको समन्वय सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।नेपालको संघीय संरचनाअनुसार गठित स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई लक्षित गरी दिइएको प्रशिक्षणले धेरै अस्पष्ट विषयमा जानकारी प्राप्त भएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख एवं कार्यक्रम संयोजक युवराज कुँवरले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया