कैलाली बोक्सीकाण्डः सुख्खड इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख विष्ट निलम्बन

काठमाडौं, २७ फागुन । कैलाली घोडाघोडीमा बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कारबाही नगरी छाडेको भन्दै सुख्खड इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख दिनेश विष्ट निलम्बनमा परेका छन् ।प्रदेश प्रहरी कार्यालयले प्रमुख विष्टलाई निलम्बन गर्न सिफारिस गरेको हो । उनलाई कारबाही गरी हेडक्वार्टलाई जानकारी गराइएको प्रदेश प्रहरी प्रमुख एआईजी माधवप्रसाद नेपालले बताए ।आफूलाई भोलेबाबा बताउने झाँक्री रामबहादुर चौधरीले झरफुकमा नाममा २२ वर्षीय राधा चौधरीलाई कुटपिट गरेका थिए ।सुख्खड प्रहरीले चौधरीलाई पक्राउ गरेपनि स्थानीय जनप्रतिनिधिको रोहबरमा छाडेको थियो । तर, अहिले चौधरीलाई पुनः पक्राउ गरि कारबाही थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?