काठमाडौं, २७ फागुन– राजधानीको गोगबुस्थित एक जुवा अखडामा प्रहरीले छापा मारेको छ ।जुवा खेल हुने गरेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका इन्सपेक्टर प्रताप पौडेल नेतृत्वको टोलीले शनिबार राती गोंगबु मित्रनगरस्थित कालो बंगुरको सेकुवा घरमा छापा हानेर ७ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी बृत्त महाराजगन्जका डिएसपी योगेन्द्र थापाले जानकारी दिए ।पक्राउ पर्नेमा शैलेन्द्र खड्का, संजय कुमार तामाङ, अरुण कुमार महर्जन, अनिल गुरुङ, विष्णु श्रेष्ठ सुरज थापा र इन्द्र थापा रहेका छन् ।प्रहरीले उनीहरुको साथबाट नगद रकम १ लाख ४७ हजार १०० रुपयाँसहित तास १ थान समेत बरामद गरेको बताइएको छ ।पक्राउ परेका मध्ये सुरज थापा र इन्द्र थापा प्रहरी भएको समेत बताइएको छ ।सुरज महानगरीय अपराध महाशाखामा कार्यरत हवल्दार र इन्द्र जवान भएको प्रहरी स्रोतका भनाई छ ।यसैबीच कालो वंगुरको सेकुवा घरका मालिक अर्जुन ठकुरी भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य हुनुका साथै पक्राउ परेकामाथि जुवा ऐनअनुसार कारबाही हुने डिएसपी थापाले जानकारी दिए ।नयाँ बसपार्क क्षेत्रमा हुने गरेका अवैध गतिविधि रोक्ने पछिल्लो समय प्रहरीले निगरानी बढाएको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया