क्षेत्रीय आयुर्वेदिक चिकित्सालयको निमार्ण कार्य सुरु

गगन अयडी धनगढी, फागुन २७–कैलालीको धनगढी उपमहानगरपालिका राजपुरमा सुदूरपश्चिम क्षेत्रीय आयुर्वेदिक चिकित्सालयको निमार्ण कार्य सुरु भएको छ ।३० महिना अवधीमा निर्माण कार्य सम्पन्न गर्ने गरी गौरी पार्वती÷टि.डि.आर.एम.के जेभीले चिकित्सालय निमार्ण कार्य सुरु गरेको हो । प्रदेशको अस्थायी मुकाम धनगढीमा सुदूरपश्चिम क्षेत्रीय आयुर्वेदिक चिकित्सालय निमार्णको कार्य सुरु भएको छ । निमार्ण कम्पनी गौरी÷पार्वती÷टि.डि.आर.एम.के जेभीले सो स्थानमा आवस्यक निर्माण सामग्रीको व्यवस्था गर्न सुरु गरेको छ । प्रदेशको ठुलो योजनाका रुपमा रहेको चिकित्सालयको १८ करोड ४३ लाख ३९ हजार ६ सय २४ रुपैया“ ७७ पैसामा भ्याटसहित ठेक्का सम्झौता भएको थियो । यसै वर्षको पौष १३ गते सम्झौता भएको चिकित्सालयको २०७७ साल जेष्ट १२ गते निर्माण कम्पनीले काम सक्नु पर्ने सडक डिभिजन कार्यालयका ईन्जीनियर सालिग्राम उपाध्यायले बताउनुभयो । निर्माण कार्यमा भने केही समस्या परेको छ । निर्माण स्थलमा रुख र विद्युतका कारण निमार्ण कार्यमा चुनौती रहेको निमार्ण कम्पनीका चन्द्रबहादुर शाहले बताउनुभयो । धनगढी उप–महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशीले चिकित्सालयका रुखकालागी सम्वनय भैरहेको बताउनुभयो । उहा“ले जिल्ला वन कार्यालयलाई सिसमका रुखको ब्यवस्थापनका लागि काम भैरहेको बताउनुभयो । प्रदेश नम्बर ७ का २५ लाख बढी जनताको स्वास्थ्यसंग जोडिएको क्षेत्रीय आयुर्वेद औषधालय निर्माण भएमा स्वास्थ्य सेवा केही सहज हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?