विश्वकप क्रिकेट छनोट प्रतियोगिताः नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, २८ फागुन । जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत सोमबार हुने खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।निरन्तर तीन खेलमा हार व्यहोरेको नेपाललाई सोमबार हुने समूह ‘बी’ को अन्तिम खेल जित्नुपर्ने दबाब छ ।आज हुने खेलमा नेपालले जितेमा ओडीआई स्टाटसको सम्भावना हुनेछ भने हारेमा रेलिगेसनको खतरा रहन्छ । त्यसैले एकदिवसीय मान्यता पाउन र डिभिजन टूमा घटुवा हुनबाट बच्न यो खेल जित्नैपर्ने हुन्छ ।विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले हङकङलाई फराकिलो अन्तरले हरायो भने अफगानिस्तान सुपर सिक्समा पुग्ने सम्भावना प्रबल हुन्छ । झिनो अन्तरमै हङकङलाई हराएमा पनि नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहन्छ । तर, त्यसका लागि सोमबार नै हुने समूह ‘ए’ को खेलमा भर पर्छ ।सोमबार यूएई र आयरल्याण्ड तथा नेदरल्याण्ड्स र वेष्टइण्डिज खेल्नेछन् । यदि नेदरल्याण्ड्सले ८७ रन बढीको जित निकाल्यो र आयरल्याण्डले यूएईलाई ५७ रन अन्तरले हरायो भने नेदरल्याण्ड्स सुपर सिक्समा पुग्छ ।समूह एबाट वेष्टइण्डिज सुपर सिक्समा पुगेको छ । आयरल्याण्ड र यूएईको ४–४ अंक छ भने नेदरल्याण्ड्सको २ अंक छ । पपुवा न्यूगिनीले चारवटै खेल गुमाएको छ । अर्थात ओडीआई स्टाटसको एक सिट बाँकी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?