१६ किलो अवैध चाँदीका गहनासहित दुई जना पक्राउ

काठमाडौं, २८ फागुन । अवैध १६ किलो २५० ग्राम चाँदीको गरगहनासहित महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले दुई जनालाई पक्राउ गरेको छ ।राजधानीको झोछेमा भन्सार छली चोरी पैठारी गरी सुनचाँदीको अवैध कारोवार हुँदै गरेको छ भन्ने विशेष सूचनाको आधारमा पुगेको महानगरीय प्रहरी वृत्त जनसेवाको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा विरगंज महानगरपालिका वडा नं २, श्रीमराम हल नजिक घर भई काठमाडौंको नागार्जुन बस्नै आएका ४० वषीृय सुरेश सर्राफ र वीरगन्ज वडा नं ३ का कृष्णा सर्राफ छन् ।उनीहरुको साथबाट ९८ हजार ५ सय रुपैयाँ समेत बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?