नेपालद्वारा हङकङ पाँच विकेटले पराजित

काठमाडौँ, २८ फागुन – आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई पाँच विकेटले पराजित गरेको छ ।जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लब मैदानमा १५४ रनको लक्ष्य पच्छाएको नेपालले ४० दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरयो । यो जितसँगै नेपाललाई एक दिवसीय मान्याता हासिल गर्ने सम्भावना कायमै रहेको छ ।दुई अंक जोडेको अफगानिस्तान रन रेटका आधारमा समूह ‘बी’ बाट तेस्रो भएर सुपर सिक्स पुग्न सफल भएको छ भने समान दुई अंक जोडेका नेपाल र हङकङ रनरेटका आधारमा पछाडि परेका हुन ।सोही समुहमा रहेका जिम्बावे र स्कटल्याण्ड्स सुपर सिक्समा यसअघि नै पुगिसकेका छन् । नेपाल चौथो तथा हङकङ पाँचौ भएको छ ।नेपालको जितमा रोहितकुमार पौडेलले सर्वाधिक रनको योगदान दिए भने सोमपाल कामीले ३७, अनिलकुमार शाहले २६, ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले १२÷१२ तथा कप्तान पारस खड्काले ११ रन जोडे ।बलिङतर्फ हङकङका अइजाज खान र एहसान खानले दुई÷दुई विकेट लिए ।त्सअघि टस जितेर ब्याटिङ गरेको हङकङले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल बनायो ।हङकङका लागि निजाकत खानले ४७, इशान खानले २५, कप्तान बाबर हयातले २०, इशान नवाजले १३ तथा तनवीर अफजलले १० रन बनाए ।बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन, करण केसी र वसन्त रेग्मीले दुई÷दुई तथा सोमपाल कामी र ललितनारायण राजवंशीले एक–एक विकेट लिए ।अघिल्ला तीन खेलमा नेपालले पराजय भोगेको थियो । नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रनले, दोस्रो खेलमा स्कटल्याण्डसँग चार विकेटले तथा तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?