काठमाडौं । भारतका एक युवकले बाँसको ट्राईपोर्ट बनाएर ८० हजार रुपैयाँको अवार्ड जितेका छन् ।
रोमेश नाम गरेका ति व्यक्तिले लकडाउनको समयलाई सदुपयोग गर्दै बाँसको ट्राईपोर्ट बनाएका हुन् ।
उनलाई बाँसको ट्राईपोर्ट बनाएपछि मणिपुर राज्यको मेरिट अवार्डबाट सम्मानित गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनलाई यो बनाउन करिव २ देखि ३ दिनसम्मको समय लागेको पनि उनले बताएका छन् ।
उनले यसको भिडियो युट्युबमा शेयर गरेपछि उनको प्रशंसा भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया