एन आई सी एशिया बैंकका कार्ड प्रयोगकर्ताहरूले सुजुकीका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १५ हजार नगद छुट

काठमाडौं । एनआईसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भीजी अटोमोबाइल प्राइभेट लिमिटेडबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १५ हजार नगद छुट पाउने भएका छन् ।

बैंक र भीजी अटोमोबाइल्सबीच आज (आईतवार) भएको सम्झौता अनुसार ग्राहकले दुई पाङ्ग्रे सवारी खरिद गर्दा १२ हजार रुपैयाँ नगद छुट तथा ३ हजार रुपैयाँ नगद फिर्ता गरी कूल १५ हजार रकम छुट पाउने भएका हुन् ।

उक्त सम्झौता पत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा भीजी अटोमोबाइल्सका उप–महाप्रबन्धक धिरज भट्टराईले हस्ताक्षर गरेका हुन् ।

यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुने समेत बैंकले जनाएको छ ।

डिजिटल बैंकिङमा देशकै अग्रणी स्थानमा रहेको यस बैंकले समय अनुसार ग्राहकमैत्री योजनाहरू ल्याउदै आएकोमा भीजी अटो मोबाइल्ससँगको यो सहकार्यले ग्राहकको दुई पाङ्ग्रे सवारीको आवश्यकतालाई पूरा गर्न सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ ।

बैंकका ग्राहकले क्रेडिट कार्ड उपभोग गर्नको लागि अनलाइनबाटै सहज रुपमा आवेदन दिन सक्ने व्यवस्था समेत गरेको छ । ग्राहकहरुले जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?