काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
यसैबीच सिंगापुर सरकारले कोरोना कालमा बच्चा जन्माउनको लागि प्रोत्साहन स्वरुप बच्चालाई पैसा दिने बताएको छ ।
कोरोना कालमा जन्मिएका बच्चालाई पैसा दिने निर्णय सिंगापुर सरकारले गरेको हो ।
कोरोना कालमा संक्रमणको जोखिमका कारण अविभावकले बच्चा जन्माउने प्लान क्यान्सिल गरेको भन्दै सरकारले यो योजना ल्याएको हो ।
सिंगापुरका उपप्रधानमन्त्री हेंग स्वे केटले यो प्रत्साहन राशि दिन लागिएको बताएका हुन् । यो राशि १ हजार डलर रहेको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया