काठमाडौं । मेक्सिकोमा ४ फिट अग्लो मुसा भेटिएको छ । गत शुक्रवारको भारी वर्षापछि त्यहाँको शहरको एक नालीमा यति ठूलो मुसा भेटिएको थियो ।
नाली सफा गर्दै गरेका कामदारहरूले नालीमा डुबेको एक ठूलो मुसा फेला पारेका थिए ।
पहिलो पटक मुसा देख्दा डराएका कामदमरहरुले नजिकै गएर त्यसलाई बाहिर निकाल्ने प्रयास गरेका थिए । तर हेर्दै जाँदा कामदारहरुले त्यो मुसा वास्तवमा नक्कली भएको पत्ता लगाए । यो मुसा हेलोवीन प्रोपमा प्रयोग भएको थियो ।
इभेलिन लोपेज नाम गरेकी एउटी महिलाले उक्त मुसो आफ्नो भएको दाबी गर्दे वर्षौं पहिले आएको आँधीबेहरीमा हराएको बताएकी थिइन् ।
उनले भनिन्, नालाहरुमा खोजीका लागि सहयोग मागेका थिए तर कुनै काम भएन ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया