वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज निजगढ काठमाडौं द्रुतमार्ग अन्तर्गतको बुदुने खण्डको अवलोकन गरेका छन्। राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)को अवलोकनका लागि उनी आज मकवानपुरगढी गाउँपालिकाको बुदुने पुगेका हुन्।
“तराईलाई सोझै छोटो मार्गद्वारा काठमाडौं जोड्ने यो परियोजनाले वाग्मती प्रदेशसहित देशको यातायात क्षेत्रमा ठूलो महत्व राख्दछ”, उनले भनेका छन् । त्यस क्रममा मुख्यमन्त्री पौडेलले हेटौँडा १८ नम्बर वडामा व्यक्तिगत र सामुहिकरुपमा लगाइएको मेवा खेतीको पनि अवलोकन गर्नुभएको थियो ।
कृषिमा लाग्ने किसानका लागि मेवा खेती अनुकरणीय रहेको उनको भनाइ छ । आज नै हेटौंडा निर्माणाधिन गौरीटार रंगशालाको फुटबल मैदान, कोरोना संक्रमण भएकालाई उपचार गर्न बनाइएको आइसोलेसन कक्ष र हेटौंडा बहुप्राविधिक महाविद्यालय निर्माण स्थलमा उनले जानकारी दिएका थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया