काठमाडौं । हाम्रो धरामा अनौठो चिज र रहस्यको कुराको केहि कमी छैन ।
आज हामी तपाईलाई रहस्यले भरिएको एउटा मन्दिरको बारेमा जानकारी दिनेछौँ । जहाँ ५ हजार वर्ष पहिलाको २ सय ग्रामको गहुँको दाना रहेको छ ।
हामीलाई यो कुरामा विश्वास गर्न गाह्रो पर्ला तर यो वास्तवमा सत्य हो । भारतको हिमाञ्चल प्रदेशको ममेल गाएँमा रहेको यो मन्दिरको नाम ममलेश्वर महादेव रहेको छ । यसको रहस्य महाभारतकालसँग जोडिएको छ ।
यो मन्दिरको सम्बन्ध पाण्डवसँग रहेको बताइएको छ । किनभने पाण्डवले अज्ञातबासका बेला केहि समय त्यहाँ व्यतित गरेका थिए ।
त्यहाँ एउटा ५ हजार वर्ष पहिलाको गहुँको दाना रहेको छ । जो २०० ग्रामको रहेको बताइएको छ ।
त्यहाँ ५ हजार वर्ष पहिले देखि नै निरन्तर हवनकुण्डमा आगो बलिरहेको बताइन्छ । त्यहाँ पाण्डवहरुले अज्ञातबासका बेला नरभक्षी एक राक्षसलाई भीमले मारेका बताइन्छ ।
त्यहाँका गाउँलेलाई उक्त राक्षसले सताए पछि गाउँलेले राक्षससँग हरेक दिन भोजनको लागि एक जना राक्षसामू पठाउने सम्झौता गरेका थिए ।
सम्झौता अनुसार राक्षसको भोजनका लागि हरेक दिन एक जना व्यक्ति जानुपर्थ्यो । पछि अज्ञातबासको समयमा उक्त राक्षसलाई भीमले मारेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया