काठमाडौं । संसारमा पुराना कुराहरुको लिलामी भई नै रहन्छ ।
हालै मात्र एउटा ब्यागको चर्चा सारा विश्वमा भईरहेको छ ।
जुनको मूल्य सुनेरै तपाई हैरान बन्नुहुनेछ । यसको लिलामी सन् २०१८ मा लण्डनमा भएको थियो ।
त्यहाँ एक ब्यागको लिलामी २ करोड ३३ लाख ६ हजारमा भएको छ । यो ब्याग १० वर्ष पुरानो रहेको बताइएको छ ।
स्मोकी ग्रे रङको हर्मेस बर्किनको यो ब्यागमा ह्वाइट गोल्डको प्रयोग गरिन्छ । जसकारण यो एकदमै राम्रो देखिन्छ । ब्यागको लम्बाई ३० सेन्टीमिटर रहेको छ ।
यसमा प्रयोग गरिएको ताल्चा १८ क्यारेट ह्वाइट गोल्डको छ । यसको तौल भने ६८.४ ग्राम रहेको छ ।
यसको चारै तिर ४० गोल डायमण्ड जडित छन् भने ब्यागका तीन फरक फरक भागमा ८.२ क्यारेटको २०० भन्दा धेरै डायमण्ड लगाइएको छ ।
फ्रान्सको लग्जरी फेशन हाउस हर्मेसले १९८१ मा एक ब्याग डिजाइन गरेको थियो, जसलाई बर्किन नाम दिइएको थियो ।
यसको नाम एक्टर तथा सिंगर जेन बर्केनको नाममा राखिएको हो । यो सारा विश्वमा लोकप्रिय भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया