यी महिलाले गरिन् कोरोना कालमा बर्थडे पार्टी, खर्च भयो ३४४ करोड रुपैयाँ

काठमाडौं । कोरोना कालमा एक महिलाले आफ्नो जन्म दिन मनाउँदा ३४४ करोड रुपैयाँ खर्च गरेकी छन् ।

स्पेनकी ति महिलाले आफ्नो ४० औँ जन्म दिन मनाउँदा ३४४ करोड रुपैयाँ खर्च भएको हो । उनले आफ्नो ४० औँ बर्थडेमा एक ठूलो कार्यक्रम आयोजना गरेकी थिइन् ।

जसमा ३४४ करोड रुपैयाँ खर्च भएको हो । स्पेनमा बस्दै आएकी एक लेबनानी महिलाले भव्य रुपमा जन्मदिन मनाएकी हुन् ।

पार्टीमा १५० भन्दा धेरै मानिस सहभागी थिए । उनले आफ्ना विभिन्न देशमा रहेका साथी तथा आफन्तहरुलाई भर्चुअल पार्टीमा जोडेकी थिइन् ।

जसमा सबै देशका साथीहरुले खाएको र बसेको गरेर ३४४ करोड रुपैयाँ खर्च भएको हो । महिलाले कोरोनाबाट बच्नको लागि २.५ करोड रुपैयाँको फेसशील्ड लगाएकी थिइन् ।

उनले हिरामोती जडित गहना पहिरीएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?