काठमाडौं । हाी सबैलाई थाहा छ कि, समुन्द्रको पानी चर्को हुन्छ । तर तर धेरै कम मानिसलाई मात्र थाहा छ कि, किन समुन्द्रको पानी यति धेरै नुनिलो हुन्छ ।
आज हामी तपाईलाई समुन्द्रमा कसरी नुन आउँछ भन्ने बारेमा बताउँछौँ । पृथ्वीको ७० प्रतिशत भाग पानीले ओगटेको छ । र धर्तीमा ९७ प्रतिशत पानी महासागर र समुन्द्रमा नै छ । तर यो पानी यति धेरै चर्को हुन्छ कि, कसैले पनि सिधै पिउन सक्दैन ।
एक शोधका अनुसार यदि सबै समुन्द्रको पूरा नुन निकाल्ने र जमीनमा फैलियो भने त्यसको सतहमा ५०० मिटर अग्लो हुन्छ ।
त्यसबाट तपाईले अनुमान लगाउन सक्नुहुन्छ कि,त्यहाँ कति मात्रामा नुन छ । अब प्रश्न उठ्छ कि, यति धेरै मात्रामा कहाँबाट नुन आउँछ ? यसको उत्तर नदी भन्ने नै हुन्छ । एक रिपोर्टका अनुसार महासागरमा नुन नदीबाट नै आउँछ ।
वर्षाको पानी नदीको माध्यमबाट समुन्द्रमा पुग्छ, र फेरि महासागरमा मिल्छ । त्यसपछि बिस्तारै बिस्तारै त्यहाँ नुनको मात्रा बढ्दै जान्छ ।
मतलव त्यहाँ आयन जम्मा भएर नुनको रुपमा परिवर्तन हुन्छ । त्यो बाहेक समुन्द्रको सतहमा पाइने उष्णजलीय द्रव्यमा पनि नुनको श्रोत हुन्छ ।
महासागर र समुन्द्रको पानीमा सबैभन्दा धेरै आयन क्लोरिन र सोडियम हुन्छ । जहाँबाट आयनको ८५ प्रीतशत भाग बन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया