भूकम्पका बेला कारागारबाट भागेका कैदी पक्राउ

काठमाडौँ, ४ चैत – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भूकम्पमा भागी फरार रहेका कैदीलाई पक्राउ गरेको छ ।ब्यूरोको टोलीले विसं २०७२ वैशाख १२ मा गएको भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट फरार सिन्धुपाल्चोक भोताङका मान लामालाई आज मूलपानीबाट पक्राउ गरेको हो ।लामा कर्तव्य ज्यान मुद्दामा २०६३ चैतमा जिल्ला अदालतको फैसलाअनुसार २० वर्षका लागि कैद भुक्तान गरिरहेका थिए । विसं ०७२ वैैशाखमा भूकम्प जाँदा सिन्धुपाल्चोक कारागारबाट २१२ जना कैदीबन्दी भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?