चिसो कोकको लोभलाग्दो मुनाफा, नेपालमा यसरी कोरिरहेको छ इतिहास

प्रस्तुत कोईराला / काठमाडौं । सन् १९७३ मा विश्वप्रसिद्ध ब्राण्ड कोकाकोला नेपाल भित्रिएको थियो । त्यसको ६ वर्ष अर्थात् सन् १९७९ मा बोटर्लस नेपाल लिमिटेडको स्थापनासँगै काठमाडौंमा पहिलो उद्योग पनि स्थापना गराइएको थियो । त्यस पश्चात् सन् १९८७ मा चितवनको भरतपूरमा दोस्रो उद्योग बोटर्लस नेपाल तराईको स्थापना भएको थियो ।

बोटलर्स नेपाल लिमिटेड समूह सफ्ट ड्रिङ्क्सको उत्पादन, निर्माण, बिक्री, वितरण र आपूर्तिमा संलग्न रहेको छ । यस कम्पनीले कार्बोनेटेड पेय पदार्थ, फलफूलको जुस र प्याकेज गरिएको पिउने पानीको उत्पादन तथा बिक्रि वितरण गर्दै आएको छ ।

बोटलर्स नेपाल लिमिटेडको उत्पादनहरु कोकाकोला, स्प्राइट, फ्यान्टा, कोक जिरो, माज्जा र किन्ले पानी रहेका छन् ।

बोटलर्स नेपाल लिमिटेड काठमाडौंको बालाजु औधोगिक क्षेत्रमा करिब ३९ वर्ष अगाडि स्थापना भएको थियो । बोतलर्स नेपाल लिमिटेडको सहायक कम्पनीको रुपमा चितवनको भरतपूरमा बोटलर्स नेपाल (तराई) लिमिटेड स्थापित भएको थियो ।

बोटलर्स नेपाल लिमिटेडमा कोकाकोला सबको एशिया लिमिटेडको ५४.१६ प्रतिशत स्वामित्व रहेको छ भने र्गोखा ब्रुअरी प्रा. लिको २२ प्रतिशत शेयर स्वामित्व रहेको छ बाँकि १८.४ प्रतिशत भने आम सर्वसाधारणसँग रहेको छ ।

त्यस्तै बोटलर्स नेपाल तराई लिमिटेडको ९०.७८ प्रतिशत शेयर बोटलर्स नेपाल लिमिटेडसँग रहेको छ भने बाँकि ९.२२ प्रतिशत आम सर्वसाधारणसँग रहेको छ ।

तुलनात्मक रुपमा हेर्दा बोटलर्स नेपाल लिमिटेड भन्दा सहायक कम्पनी बोटलर्स नेपाल (तराई) लिमिटेडको प्रर्दशनी राम्रो रहेको छ ।

बोतलर्स नेपाल लिमिटेडको ५२ हप्ताको मूल्य हेर्दा केहि परिर्वतन देखिँदैन । कम्पनीको ५२ सातामा १८३० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

सन् २००७ जुलाई २९ गते नेप्सेमा सुचिकृत भएको बोटलर्स नेपाल लिमिटेडको हाल बजार पूँजीकरण ३ अर्ब ५६ करोड ६४ लाख ६३ हजार २ सय १० रुपैयाँ रहेको छ ।

बोटलर्स नेपाल लिमिटेडको लाभांश इतिहास हेर्ने हो भने आर्थिक वर्ष २०६७/६८ मा ५५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसपछि आर्थिक वर्ष २०६८/६९ मा सर्वाधिक ७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०६९/७० मा कम्पनीले ६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यस्तै बोटलर्स नेपाल लिमिटेडले अन्तीम पटक आर्थिक वर्ष २०७४/७५ मा २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

उहि समय जुलाई २९, २००७ सालमा सुचिकृत भएको बोटलर्स नेपाल (तराई) लिमिटेडको ५२ साताको औसत हेर्ने हो भने अधिकतम ९,२७४ रुपैयाँ देखि न्यूनतम ५,८४७ सम्म कारोबार भएको छ ।

बोटलर्स नेपाल (तराई) लिमिटेडको कुल बजार पूँजीकरण ७ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ को चौथो त्रायमासीक विवरण अनुसार बोतलर्स नेपाल (तराई) लिमिटेडको इपीएस -८.५५ रुपैयाँ रहेको छ जस्को पिइ रेसियो -७६७.२५ रहेको छ ।

लाभांश इतिहास र्हेने हो भने बोटलर्स नेपाल (तराई) लिमिटेडको लाभांश इतिहास अत्यन्तै राम्रो रहेको छ । आर्थिक वर्ष २०६७/६८ मा पहिलो पटक कम्पनीले ५५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसपछिका हरेक वर्षहरुमा कम्पनीले निरन्तर नगद लाभांश वितरण गर्दै आएको छ ।

आर्थिक वर्ष २०६८/६९ मा हालसम्मकै सर्वाधिक ८५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसको अर्को आर्थिक वर्ष २०७०/७१ मा हालसम्मकै न्यून २२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यस पश्चात् आउँदो ४ वर्ष अर्थात् आर्थिक वर्ष २०७१/७२ देखि आर्थिक वर्ष २०७३/७४ सम्म हरेक वर्ष २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६मा कम्पनीले ४० प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।

तुलनात्मक रुपमा र्हेदा बोटलर्स नेपाल लिमिटेड भन्दा सहायक कम्पनी बोटलर्स नेपाल (तराई) लिमिटेडको प्रर्दशनी राम्रो देखिन्छ । तर यी दुवै कम्पनीले हालसम्म कुनै बोनस शेयर वितरण गरेका छैनन् न त हकप्रद शेयर निष्काशन गर्ने आवश्यकता परेको छ ।

दुवै कम्पनीको प्रर्दशन राम्रो रहेपनि पछिल्लो समयको लकडाउनका कारण यी दुवै कम्पनीले घाटा ब्यहोर्नु परेको छ । लकडाउका कारण बिक्रि र आम्दानी दुवै घटेपछि कम्पनीले नोक्सानी व्यर्होनु परेको हो ।

बोटलर्स नेपाल (तराई) लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ करोड ३ लाख ४६ हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्नु परेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४५ करोड ३५ लाख रुपैयाँ रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले चौथो त्रैमासमा मात्रै ४ करोड २९ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको हो ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा कम्पनीको बिक्री आम्दानी ९७ करोड ९० लाख २० हजार रुपैयाँ घटेर ४ अर्ब ६० करोड २ लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्चमा भने बढोत्तरी देखिएको छ । अघिल्लो आवको मसान्तसम्ममा ६ करोड १ लाख रुपैयाँ रहेको कम्पनीको वित्तीय खर्च गत आवको सोही अवधिमा बढेर २८ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

१२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँले ऋणात्मक भएको छ । अघिल्लो आवमा कम्पनीको यस्तो आम्दानी ३७५ रुपैयाँ थियो ।

यता बोटलर्स नेपाल (बालाजु) लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ९ लाख ५४ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड १८ लाख रुपैयाँ रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले चौथो त्रैमासमा मात्रै ३९ लाख ६२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको हो ।

अघिल्लो आवको असार मसान्तको तुलनामा कम्पनीको बिक्री आम्दानी २ अर्ब ७३ करोड २५ लाख रुपैयाँ घटेर ६ अर्ब ७७ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने बढेको छ । अघिल्लो आवको मसान्तसम्ममा ७ करोड ९० लाख रुपैयाँ रहेको कम्पनीको वित्तीय खर्च गत आर्थिक वर्षको सोही अवधिमा बढेर २५ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

१९ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ऋणात्मक छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको यस्तो आम्दानी ३५८ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?