काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कात्तिक ७ गते सूचीकृत भएको शिव श्री हाइड्रोपावरको सेयर कारोबार कात्तिक १३ गते बुधबारदेखि खुला भएको छ ।
हाईड्रोले कारोबारको लागि न्यूनतम १०० देखि अधिकतम ३०० रुपैयाँसम्म ओपन रेञ्ज पाएको थियो ।
बिहीवार शिव श्री हाइड्रोपावरको शेयर १ सय २० रुपैयाँ प्रतिकित्तामा पहिलो कारोबार खुलेको थियो । बजार खुलेको केहि समयमानै उक्त कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । १० प्रतिशतको पोजिटिभ सर्किटसँगै कम्पनीको अन्तिम कारोबार १ सय ३२ रुपैयाँमा भएको थियो ।
हाइड्रोपावरले गत साल असोज १६ देखि कात्तिक १५ गतेसम्म ३३ करोड ५१ लाख १४ हजार रुपैयाँको ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।
७ लाख २० हजार ६ सय ४० कित्ताका लागि मात्र आवेदन परेको थियो भने २६ लाख ३० हजार ५ सय कित्ता बिक्री हुन सकेको थिएन । बिक्री नभएको सेयर अण्डरराइट मुक्तिनाथ क्यापिटल र सीबीआइएल क्यापिटलले सकारेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया