काठमाडौं । कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार, कम्पनीको नवौँ वार्षिक साधारण सभा आउँदो मंसिर ४ गते, बिहीबार जेडिए बिल्डिङ सुन्धारा, काठमाडौंमा अपरान्ह ३ बजेबाट सुरू हुनेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।
त्यसैगरी, सभाले कृति क्यापिटल र माछापुच्छ्रे क्यापिटल एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन छलफल गरी पारीत गर्नेछ । यसका साथै, कृति क्यापिटल र माछापुच्छ्रे क्यापिटल एक आपसमा गाभिने सम्बन्धी भएको अन्तिम सहमतिपत्र पनि पारित गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया