मंसिर ८ गते अपि पावर कम्पनी लिमिटेडको संयुक्त साधारण सभा

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले यहि मंसिर ८ गते दुई आर्थिक वर्षको संयुक्त साधारण सभा एकैपटक बोलाएको छ ।

आर्थिक वर्ष २०७५/७६ का लागी गत चैत ७ गते डाकिएको सधारण सभा कोरोना माहामारीका कारण स्थगित भएको थियो । त्यसैकारण कम्पनीले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ का लागी संयुक्त रुपमा २ वर्षको साधारण सभा एकै पटक गर्ने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष २०७६/७७ को लागि ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा कम्पनीले १ बराबर शून्य दशमलव ८६ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?