आईतवार शेयर बजार घट्दा जलविद्युत समूहको परिसूचक झन्डै डेढ प्रतिशतले बढ्यो

काठमाडौं । आईतवार शेयरबजारमा ४.२७ अंकको करेक्शन देखिएको छ । घटेको बजारमा जलविद्युत समूहको परिसूचक भने करिब २ प्रतिशतले बढेको छ ।

शेयरबजारले पछिल्लो समय गती लिएको छ कारोबार रकममा चमक देखिने क्रम जारी नै रहेको छ आईतबार १९६ कम्पनीको ३७ हजार ५ सय ९४ पटककको कारोबारमा १ करोड ६ लाख २६ हजार ५ सय १४ कित्ता शेयरको खरिदबिक्रि हुँदा २ अर्ब ९३ करोड ९ लाख ३९ हजार ६ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

०.२९ प्रतिशतले घटेको बजारमा ५ समूहको परिसूचक भने बढेका छन् । जसमा ट्रेडिङ समूहको परिसूचक सर्वाधिक २.२० प्रतिशतले बढेको छ भने जलविद्युत र लद्युवित्त समूहको परिसूचक क्रमश ः १.३९ र १.१४ प्रतिशतले बढेको छ । अन्य दुई समूहको परिसूचक भने १ प्रतिशत भन्दा धेरैले बढेका छ ।

त्यस्तै, घटेर कारोबार बन्दहुने समूहमध्य बैंकिङ समूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशतले घटेको छ भने बाँकि समूहको परिसूचक १ प्रतिशत भन्दा थोरैले घटेका छन् ।

घटेको बजारमा पनि ६ वटा कम्पनीको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेका छन् जसमा ३ कम्पनीको मूल्यमा १० प्रतिशतको सर्किट बे्रक लागेको छ । नेपाल फाइनेन्स लिमिटेड, हिमालयन विकास उर्जा कम्पनी लिमिटेड र विशाल बजार कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेका हुन् ।

आईतवार सानीमा इक्वीटी फन्डको मूल्य सर्वाधिक ५.३० प्रतिशतले घटेको भने स्टान्र्डर चार्टड बैंक र जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य २० रुपैयाँभन्दा धेरैले घटेको छ ।

आइतवार ६ वटा कम्पनीको १० करोड भन्दा धेरैको कारोबार भएको छ । जसमा शिव श्री हाइड्रोपावर कम्पनीको सर्वाधिक २३ करोड २७ लाख ७२ हजार ९ सय २५ रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त कम्पनीको सर्वाधिक १६ लाख ५ हजार ३ सय ३५ कित्ता शेयरको कारोबार भएको छ । कारोबार संख्याका आधारमा भने जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक ३ हजार ६ सय ४१ पटक कारोबार भएको छ ।

नेप्से बुलरनमा भएको तर्क धेरैले दिरहेको बेलामा बजार पूँजीकरणले पनि यस तर्कलाई साथ दिइरहेको अवस्था छ । आईतवारको बजार बन्द हुँदा बजार पूँजीकरण २१ खर्ब ९४ अर्ब ३२ करोड १७ लाख ६३ हजार ८१ रुपैयाँ ५ पैसा कायम भएको छ ।

आईतवार कारोबारमा आएका कम्पनीमध्ये घटेको बजारमा पनि ८४ कम्पनीको शेयरमूल्य बढ्दा ७४ कम्पनीको शेयरमूल्य भने बढेको छ । बाँकि १२ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?