काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा यतिखेर चुनावको सरगर्मी देखिएको छ ।
आगामी महाधिवेशबाट विजयी हुने वरिष्ठ उपाध्यक्षले अर्को कार्यकालमा स्वतः अध्यक्ष भएर नेतृत्व सम्हाल्नेछ ।
यसै संघारमा हालका उपाध्यक्ष किशोर प्रधानले सोमवार वरिष्ठ उपाध्यक्षको पदका लागी उम्मेदवारी दर्ता गराउने भएका छन् । यस अघि कात्तिक ५ गते वरिष्ठ उपाध्यक्षका अर्का प्रतिष्पर्धी चन्द्र ढकालले आफनो उम्मेद्वारी दर्ता गराइसकेका छन् ।
निजिक्षेत्रको सबैभन्दा ठूलो संगठन उद्योग वाणिज्य महासंघमा अहिले राजनिति हाबि हुँदै गएको छ । लोकपथ संवाददाताले गरेको यो कुराकानीमा प्रधानले सहमती जनाउँदै विश्वको त्यही देशहरु मात्र विकास भएका छन् जसको व्यापारीक संस्थाहरु राजनितिबाट पर बसेका छन् ।
यसै विषयको महत्वलाई औल्याउँदै महासंघलाई फोहोर राजनीतिबाट टाढा राख्न आफू महासंघको नेतृत्व सम्हालनका लागी उम्मेद्वारी दर्ता गराउन लागेको प्रधानले बताए ।
साथै, देशको औद्योगिक र व्यापारीक गतिविधिलाई विकास गर्दै लग्ने हो भने राजनीतिक हस्तक्षेप बिना मात्रै सम्भव रहेको उनले औल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया