वाग्मती । वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईँ कोरोनामुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएर यही कात्तिक १२ गतेदेखि झापास्थित निजी निवासमा आइसोलेसनमा रहेका प्रसाईँको आज भएको पुनः परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ ।
यसैबीच कोरोनालाई पराजित गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आज घर फर्किएका छन्। प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिवार गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
अस्पतालले डिस्चार्ज गरेपछि मुख्यमन्त्री पौडेल काठमाडौंको भैँसेपाटीस्थित मुख्यमन्त्री निवासमा फर्किएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । दाहालका अनुसार उनको स्वास्थ्यावस्था सामान्य छ । “केहीदिन सेल्फ आइसोलेसनमा बसेर मुख्यमन्त्रीज्यू प्रदेश राजधानी फर्कनुहुन्छ”, दाहालले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया