काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले किशोर प्रधान प्यानलको खुलेरै समर्थन गरेका छन् ।
आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने शेखर गोल्छाले आफ्नो कार्यकालमा किशोर प्रधानसँग निर्वाचित भएको टीमसँग काम गर्न इच्छुक रहेको जनाए । सोमवार किशोर प्रधान प्यानलको उम्मेद्वारी दर्ता कार्यक्रममा आफनो उपस्थिती जनाउँदै प्रधान प्यानलको खुलेर तारिफ गरेका हुन् ।
आफूले महासंघको नेतृत्व सम्हालेपछि महासंघमा काम मात्र हुने र कुनै राजनीति नहुने गोल्छाले बताए । उनले आफ्नो कार्यकालबाट निर्वाचित भएका व्यक्तिलेमात्र महासंघको निर्णय गर्ने, जसमा पूर्व अध्यक्षहरुको सल्लाह र सुझाव मात्र लिइने बताएका छन् ।
गोल्छाले मतदाता प्रति उत्तरदायी हुनुपर्ने जिम्मेवारी रहेको औल्याउँदै महासंघमा भएको विकृति, विसंगती र अनावश्यक राजनीतिको अन्त्य गर्ने बताए ।
नेपालको निजि क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले अहिलेको विषम परिस्थितीमा काम गर्नुपर्ने बेला राजनीति धेरै गरेको बताउँदै
निर्वाचन सकिए लगत्तै कोभिड १९ ले गलाएको अर्थतन्त्र तङ्ग्रयाउने आफ्नो एजेन्डा सार्वजनिक गर्नेपनि भावि अध्यक्ष शेखर गोल्छाले उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया