ओपोद्वारा पोजिसनिङ अल्गोरिथमको घोषणा, मोबाइल पोजिसनिङ प्रविधि नयाँ यूग तर्फ उन्मुख

काठमाडौं । ओपोले मोबाइल फोन नेभिगेशन प्रणालीलाई एक मिटरको रेडियसमा सटिक स्थानको पहिचान गर्न सघाउने स्व(विकसित उद्योगकै अग्रणी हाई प्रसेजन पोजिसनिङ अल्गोरिथम सार्वजनिक गरेको छ ।

‘कनेक्टिभिटी अपरिहार्य रहेको यस फाइभजी यूगमा ईनडोर तथा आउटडोर प्रयोग गरिरहँदा विभिन्न एप्लिकेशन्सका लागि सुदृढ नेभिगेशन प्रणालीको आवश्यकता बुझेर बढ्दो बजार मागलाई सम्बोधन गर्ने सोचका साथ ओपोले आफ्नो हाई प्रसेजन आरटीके पोजिसनिङ प्रविधि स्मार्टफोनमा कार्यान्वयनमा ल्याउन लागेको हो । यो प्रविधिले असिमित प्रयोगर्तालाई फाइदा पु¥याउने कम्पनीले बताएको छ ।

मोबाइल नेभिगेशनमा प्रयोगकर्ता अनुभवमा सुधार उपलब्ध गराउने सोचका साथ ओपोले विद्यमान पोजिसनिङ प्रविधिका स्थानमा आरटीके प्रविधि स्मार्टफोनमा उपलब्ध गराउन लागेको हो ।

आरटीके पोजिसनिङ प्रविधि वाहक चरण मापन (क्यारियर फेज मेजरमेन्ट)मा आधारित छ । यसले मेजरिङ स्टेशन्स मार्फत प्राप्त डाटालाई वास्तविक समयमै प्रोशेस गरी स्थानका बारेमा सटिक जानकारी दिन्छ ।

जटिल प्रणालीको प्रयोग हुने यस प्रविधि पछिल्ला समयमा औद्यागिक मापनका लागि गरिन्थ्यो । यसको सिधा प्रयोग स्मार्टफोनका लागि अनुपयुक्त थियो । ओपोले एक्सेलेरोमिटर र गायरोस्कोप लगायत मोबाइल फोन सेन्सर्सबाट उपलब्ध हुने जानकारीको प्रयोग गर्ने अल्गोरिथमको विकास गरेको हो ।

सन् २०२१ देखि ब्यवसायिक रुपमा उपलब्ध गराउने लक्ष्यका साथ हाल ओपो यस प्रविधिलाई परिपूर्ण र ब्यवसायिक बनाउने कार्यमा लागि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?