तिनाउ मिसन डेभलपमेण्ट बैंकले डक्यो विशेष साधारण सभा

काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकले मंसिर ७ मा विशेष साधारणसभा बोलाएको छ । बैंकले केन्द्रीय कार्यालय बुटवल, रुपन्देहीमा दिनको १ बजे भर्चुअल माध्यमबाट सभा गर्ने सूचना मार्फत जानकारी दिएको छ ।

विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक २६ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५र७६ को नाफाबाट वितरण गरेको १२ प्रतिशत बोनस र नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकलाई प्राप्तिपछि बैंकको सेयर संचरना परिर्वतन भएको छ । जसअनुसार बैंकमा संस्थापकतर्फ ६३।३३ प्रतिशत र सर्वसाधारणतर्फ ३६।६७ प्रतिशत सेयर स्वामित्व पुगेको छ ।

सोहीअनुसार सेयर संरचना परिवर्तन गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएकाले प्रबन्धपत्र संसोधनको प्रस्ताव पारित गर्न कम्पनीले विशेष साधारण सभा बोलाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?