पुँजी बजारको नीति, नियम र कानुन परिर्वतनमा महासंघलाई झक्झक्याउँछु: अम्बिका पौडेल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय कार्य समिति सदस्याका लागि अम्बिका प्रसाद पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । अम्बिका प्रसाद पौडेल शेयर बजारमो चर्चित लगानीकर्ता हुन् ।

शेयरबजारलाई नै आफ्नो प्रमुख पेशा बताउने पैडेल शेयर बजारमा मात्र नभएर बैंक तथा वित्तीय संस्था, कन्स्ट्रक्शन कम्पनी, चन्द्रगिरी हिल्स, जलविद्युत कम्पनीहरुमा पनि संलग्न रहेका छन् ।

बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल प्यानलबाट एसोसिएट तर्फको केन्द्रिय कार्य समिति सदस्यको उम्मेदवार बनेका पौडेल पुँजी बजारको प्रतिनिधित्व गर्दै महासंघमा लागी पर्ने बताएका छन् ।

नेपालको उद्योग वाणिज्य क्षेत्रको प्रतिनिधित्व संस्था नेपाल उद्योग वाणिज्य महासंघमा आफ्नो साथसाथै सम्पूर्ण शेयर बजारको प्रतिनिधित्व गर्ने योजना सहित उम्मेदवारी दर्ता गरिएको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध व्यक्तिहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा शेयर बजारसँग जोडिए पनि हालसम्म शेयरबजार विकासको लागी महासंघबाट कुनै पहल नभएको कारण पनि महासंघमा शेयर बजार प्रतिनिधिको आवश्यक्ता औलाउँदै उम्मेदवारी दर्ता गराएको लेकपथसँगको कुराकानीमा बताएका छन् ।

शेयरबजारमा लामो समयदेखि आवद्ध अम्बिका प्रसाद पौडेलले आफूलाई शेयरबजारको सम्पूर्ण समस्याको बारेमा जानकारी भएको साथै केहि समस्याका उपायहरु पनि जानेको बताउँदै सम्पूर्ण अनुभव महासंघको माध्यमबाट बजार विकासमा केन्द्रित गराउँने बताएका छन् ।

पौडेल पुँजी बजारका लगानीकर्ताहरुको छाता संस्था नेपाल इन्भेष्टर्स फोरमको निवर्तमान अध्यक्ष समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?