काठमाडौं । भारतको बिहार राज्यस्थित पटनाको बीजीबी हस्पिटलमा भएको एउटा घटनाले अहिले तहल्का मच्चाएको छ ।
पत्थरीको अप्रेशन गर्न गर्न गएका बिरामीको डाक्टरले किड्नी निकालिदिएपछि त्यहाँको हालत बिग्रिएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार २६ वर्षका एक युवक पेटमा समस्या भयो भन्दै अस्पताल पुगेका थिए ।
डाक्टरले जाँचमा उनको किड्नीमा पत्थरी भएको बताएका थिए । त्यसपछि अस्पतालले उनको अप्रेशन गरेको थियो ।
जसमा डाक्टरले किड्नी निकालेको आरोप लागेको छ । दायाँ किड्नी निकालेको परिवारले जनाएको छ ।
अस्पतालका डाक्टर पके ज्यानले किड्नीमा पत्थरी भएको तर अल्ट्रासाउण्डमा नदेखाएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया