काठमाडौँ, ५ चैत – महानगरीय प्रहरी परिसरले मोटरसाइकल चोरी गर्ने समूहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा रामेछापका देवराज तामाङ, बूढानीलकण्ठका सुकवीर तामाङ, राजेश शाही, आकाश नगरकोटी र विक्रम शाही रहेका छन् । उनीहरुलाई परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले आइतबार पक्राउ गरेका थिए ।प्रहरीले सुन्धारामा चेकजाँच गर्दा चालकसँग मोटरसाइकलको सम्बन्धित कागजात नभएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा मोटरसाइकल चोर्ने समूह रहेको पत्ता लगाएको हो । उनीहरुले ती मोटरसाइकल ठमेल क्षेत्रबाट चोरी गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।उनीहरुको साथबाट प्रहरीले बा ३८ प ४४९२, बा ५३ प ५९१४, बा ४७ प ४६६१ र बा ४५ प ८५३५ नं को मोटरसाइकल र बा ४७ प ४६६९ नम्बरको स्कुटर बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया