न्यूयोर्क । टेक जाएन्ट फेसबुकले गैरकानुनी कदममार्फत् आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र कमजोर पार्ने काम गरेको भन्दै उक्त कम्पनीविरूद्ध मुद्दा दर्ता भएको छ । फेसबुकले साना र सम्भावित प्रतिस्पर्धी कम्पनीहरूलाई ’किन्ने वा सिध्याउने’ शैली लिएको आरोप लगाउँदै यहाँका ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताहरूले फेसबुकविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।
फेसबुकले सन् २०१२ मा इन्स्टाग्राम र सन् २०१४ मा ह्वाट्सएप किनेको थियो ।
यस कम्पनीले एक दशकसम्म प्रतिस्पर्धीहरूलाई चुप लगाउन प्रयोगकर्ताहरूको मूल्यमा आफ्नो एकाधिकारको दुरुपयोग गरेको अभियोजनकर्ताहरुको आरोप छ ।
इन्स्टाग्राम र ह्वाट्सएपबाट लगानी झिक्न लगाएर फेसबुकको आकार सीमित गरिनुपर्ने उनीहरुले माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया